Logo
|
Friday 26th April 2024
Logo

epaper

क्यान्सर जितेपछि रचे क्यान्सर सम्बन्धि पुस्तक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्यान्सर सर्भाइभर प्रा.डा. मुरली रञ्जितद्वारा लिखित ‘क्यान्सरसँगको लडाइँ’ पुस्तक विमोचन गरिएको छ ।
विश्व क्यान्सर सप्ताह २०२१ को अवसर पारेर नेपाल मेडिसिटी अस्पतालमा आइतबार पुस्तक विमोचन गरिएको हो ।
डा.रञ्जितलाई क्यान्सर भएको थाहाँ भएपश्चातका पछिल्ला पाँचवर्षमा उहाँले भोग्नुभएका अनुभवलाई पुस्तकमा समावेस गरिएको छ ।
उहाँको उपचारमा संलग्न क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मन र युरोलोजी विभाग प्रमुख डा. महेश बहादुर अधिकारी, केशव अमात्य फाउण्डेशन कि ट्रष्टी तारा अमात्य, अस्पतालका महाप्रबन्धक विजय रिमाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

पुस्तकले क्यान्सर बिरामी र तिनका परिवारजनमा सकारात्मक भावना पैदा गराउन योगदान पुर्याउने लेखक प्रा. डा. रञ्जितको भनाई छ ।


क्यान्सरको उपचारलाई आवश्यक चिकित्सक, उपकरण, र औषधिको उपलब्धता नेपालमा सम्भव रहेको विषयलाई आत्मसात गर्दै सहज वातावरणमा उपचार गराउन आफू अग्रसर रहेको अस्पतालका क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मन बताउनुभयो ।
त्यस्तै, औषधि मात्र नभई क्यान्सर रोगका बिरामीलाई हौसलाको पनि उत्तिकै खाँचो रहेको युरोजोजी विभाग प्रमुख वरिष्ठ युरोसर्जन डा. महेश बहादुर अधिकारी बताउनुभयो ।
त्यसैगरी नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले अस्पतालमा यस प्रकारको जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्यान्सरसँग लडिरहेका बिरामी, परिवार, स्वास्थ्यकर्मी र साहित्यिक एवं सामाजिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्