Logo
|
Sunday 2nd June 2024
Logo

epaper

देशभर १ सय ६० जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ।

गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ। हाल ८७ जना क्वारेन्टाइनमा छन्।

आज १ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्