बुधबार कोरोना संक्रमित मृतकको संख्या शून्य, थप १३४ जनामा संक्रमण पुष्टि
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।
यस्तै बुधबार थप ११८ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिले १७ सय ५३ जना आइसोलेसनमा छन् भने ८८ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ७२ जनाको आइसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।