Logo
|
Monday 13th January 2025
Logo

epaper

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा १७ प्रतिशतले कमी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभरी कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १७ प्रतिशतले घट्दै गएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । 

पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ ।

 यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ । झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ । 

अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ । 

त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो । ’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्