Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोरोना नियन्त्रणमा नआएपछि जर्मनीमा फागुन २३ सम्म लकडाउन



जनस्वास्थ्य सरोकार,काठमाडौं । जर्मनीमा लकडाउनको अवधि थपिएको छ । आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ ।
हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले यस विषयमा सहमति जनाउनुभएको थियो । जर्मनीका प्राय सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर यहाँ लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रबरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो । सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार उक्त अवधिलाई लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो ।यहाँ कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्