Logo
|
Friday 19th April 2024
Logo

epaper

बिहिबार ८१ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा ३३ सहित देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोही अवधिमा देशभरबाट थप १ सय ११ जना संक्रमणमुक्त भएका छन्। 

देशभरका बिभिन्न प्रयोगशालामा तीन हजार २३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

नेपालमा हालसम्म कुल २१ लाख सात हजार ६ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या दुुई लाख ७२ हजार ४ सय ३० पुगेको छ। 

हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७१८ छ भने आईसीयूमा ६४ र भेन्टिलेटरमा १३ जना उपचाररत छन्।

पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्