Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

सुत्केरीको हेलिकप्टर मार्फत उद्धार



जनस्वास्थ्य सरोकार, ताप्लेजुङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि अत्यधिक रक्तश्राव भएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।

राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताउनुभयो ।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूको भनाइ छ । अहिले उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उहाँको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्