Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर १२७ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घण्टामा देशभर थप १ सय २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । यही अवधीमा देशभरबाट थप १ सय ३६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

नेपालमा हालसम्म कुल २१ लाख ११ हजार ६ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ । क्वारेनटिनमा ७९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । यी सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्