Logo
|
Wednesday 24th April 2024
Logo

epaper

दोस्रो प्राथमिकताको पहिलो दिन १४ हजारले लगाए कोरोना विरुद्धको खोप



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम जारी छ । पहिलोदिन आइतवार १४ हजार पाँच सय २० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । दोस्रो प्राथमिकतामा परेकाहरुलाई सरकारले आइतबारदेखि खोप लगाउन सुरु गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत् परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार पहिलो चरणमा ८३ प्रतिशत खोपको कभरेज भएको छ । कोभिशिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै डा. गौतमले निर्धक्कका साथ खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।
कोभिशिल्ड खोपको प्रभावकारिता ७८ प्रतिशत सम्म भएको डा. गौतमले जानकारी दिनुभयो । सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकारहरुलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरेको छ । भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप उपलब्ध गराएको १० लाख डोज खोप लगाउने कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्