Logo
|
Sunday 19th May 2024
Logo

epaper

खोप विज्ञ भन्छन् -‘कोरोना खोपको दोस्रो डोज ८ हप्तापछि लगाउदा प्रभावकारी देखियो’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएको ८ हप्तापछि मात्र दोस्रो डोज लगाउन खोप विज्ञहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको कोभिड-१९ को महामारी र कोभिशिल्डको प्रभावकारिता विषयक अन्तक्रिया कार्यक्रममा खोप विज्ञ तथा प्राविधिक समितिका संयोजक डा. श्यामराज उप्रेतीले विभिन्न अनुसान्धानमा पहिलो डोज लगाएको ८ देखि १२ हप्ता पछि दास्रो डोज लगाउदा खोपको प्रभावकारीता राम्रो देखिएको बताउनुभयो ।


उहाँले भन्नुभयो- ‘खोप लगाइसकेकाहरुलाई २८ दिन पुरा भएपछि दोस्रो डोज दिने भनिएता पनि त्यसको प्रभावकारीतालाई मध्यनजर गर्दै ८ हप्तापछि लगाउनका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेका हौँ ।’


स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्माले पनि सिफारिस अनुसार मन्त्रालयले दोस्रो डोजको खोप लगाउने कुरामा निर्णय गरेपछि पहिलो खोप दिइएको ८ हप्तापछि मात्र दोस्रो खोप दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्