Logo
|
Monday 20th May 2024
Logo

epaper

काठमाडौँ महानगरवासीको नि:शुल्क मिर्गौला परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र बसोबास गर्ने सबै नगरवासीहरुको निःशुल्क मिर्गौला जाँच हुने भएको छ । काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरपालिकाको १ देखी ३२ वटै वडाभित्र बसोबास गर्ने सबैको निशुल्क मिर्गौला परीक्षण गर्न लागिएको हो ।

यो अभियान फागुन ५ गते (बुधबार) देखि आगामी ६ महिनासम्म चल्ने महानगरपालिकाको जनस्वास्थ्य विभागले जानकारी दिएको छ । महानगरपालिका भित्रका वडामा बसोबास गर्ने व्यक्तिले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण मार्फत मिर्गौला जाँच गराउन सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्