Logo
|
Monday 20th May 2024
Logo

epaper

कोभिड खोप वितरण गर्ने कोभ्याक्स सुविधा के हो, कसरी काम गरिरहेको छ ?



जनस्वास्थ्य सरोकार । कोरोनाभाइरस महामारी अन्त्य गर्ने प्रयासमा खोपलाई अपरिहार्य मानिएको छ । तर गरिब राष्ट्रहरूले खोप नपाउने र धनी राष्ट्रले थुपार्ने अवस्था सिर्जना हुने भय विज्ञहरूले व्यक्त गरेका छन् । त्यसो हुन नदिन र खोपको वितरण न्यायोचित बनाउन कोभ्याक्स भनिने विश्वव्यापी योजनाले काम गरिरहेको छ ।
के हो कोभ्याक्स ?
विश्वभरका सबैको खोप प्राप्त गरुन भनेर यो कार्यक्रम शुरु गरिएको हो । कोभ्याक्सले खोप उत्पादकहरुसँग मिलेर सन् २०२१ मा २ अर्ब डोज खोप वितरण गर्ने छ । त्यसमध्ये धेरै खोप गरिब देशहरुमा जानेछ । त्यहाँका जनसंख्याको २७ प्रतिशतलाई सो खोप दिइनेछ ।
कोभ्याक्सले कसरी काम गर्छ ?
कोभ्याक्सको नेतृत्व विश्व स्वास्थ्य सँगठन र अन्य अन्तराष्ट्रिय संस्थाहरुले गरिहेका छन् । यसलाई परोपकारी संस्था, दाता र धनी देशहरुले सहयोग गरिरहेका छन् । यसमा १८० भन्दा बढी देशहरु अवद्ध छन् । कोभ्याक्सले गरिब देशलाई निःशुल्क खोप वितरण गर्छ । सहभागी सबैका लागि कोभ्याक्स लाभदायक छ ।
कोभ्याक्स सफल होला त ?
डब्लुएचओले महामारी अन्य गर्न विश्वका ७० प्रतिशत मानिसले खोप लगाउनुपर्ने बताएको छ । कोभ्याक्सको अहिलेको प्रक्रियाको त्यसका लागि बर्षौँ लाग्न सक्छ । कोभ्याक्सका अनुसार जोखिम समुहले पहिला खोप प्राप्त गर्छन् । कोरोनाका नयाँ प्रजातीले केहि खोपलाई कम प्रभावकारी बनाउन सक्छन् । कोभ्याक्स धेरै सुस्त र प्रशासनिक भएको भनेर धेरैले चिन्ता व्यक्त गरेका छन् । अहिले धेरै देशहरुले आफै खोप किन्न लागिपरेका छन् । तर कोभ्याक्सको नेतृत्वमा रहेकाहरु सफल हुनु जरुरी रहेको बताउँछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्