Logo
|
Thursday 18th April 2024
Logo

epaper

चिकित्सकीय शुल्क पुनरावलोकन: अब ३७० देखि ८२५ सम्म



जनस्वास्थ्य सरोकार, काठमाडौं । तपाई कुनै अस्पतालमा उपचारका लागि जादैं हुनुहुन्छ? यदि हुनुहुन्छ भने अबदेखि उपचार सेवा वापत केहि महगों शुल्क तिर्नुपर्नेछ । अस्पतालको बहिरंग (ओपिडी) शुल्क बद्धि भएको छ । स्वास्थ्य मन्त्रालयसँगको पूर्ववत सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले चिकित्सकिय शुल्क बढाउने निर्णय गरेका छन् ।


बैठकले आजैको मितिदेखि लागु हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा तीन सय ७० देखि आठ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन् । स्वास्थ्य मन्त्रालयको सहमति बमोजिम शुल्क समायोजन गरिएको हो ।


नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको बताइएको छ । नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले तीन सय ७०, पाँच वर्ष भन्दा माथिकाले चार सय ५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् । एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले पाँच वर्षभन्दा कम अनुभव भएकाले पाँच सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले पाँच सय ९० रुपैयाँ शुल्क लिन पाउने छन् ।


यस्तै एमडीरएमएस र एमडिएस डाक्टरको हकमा पाँच वर्ष अनुभव नभएकाले ६ सय ६० र पाँच वर्ष भन्दा वढी अनुभव भएकाले सात सय रुपैयाँ लिन पाउने भएका छन् । डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले सात सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले आठ सय २५ रुपैयाँ लिन पाउने भएका छन् । यस्तै, १० वर्षभन्दा बढी अनुभव भएका एमडी र एमएस र एमडिएस डाक्टरले आठ सय २५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् । यसअघि चिकित्सकिय शुल्क पुनरावलोकन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्