Logo
|
Sunday 19th May 2024
Logo

epaper

पहिलो मात्रा कोभिसिल्ड, दोस्रो मात्रा कोभ्याक्स लगाउन मिल्छ त ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । तपाईलाई जिज्ञासा लाग्न सक्छ पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा कोभ्याक्स या अन्य कुनै खोप लगाउन मिल्छ कि मिल्दैन । विज्ञहरुका अनुसार पहिलो मात्रा जुन खोप लगाइएको छ दोस्रो मात्रा त्यहिँ खोप लगाउने हो ।
खोप विज्ञ डा.श्यामराज उप्रेतीले पहिलो र दोस्रो मात्रा एउटै खोप लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो मात्रा कोभिसिल्ड खोप लगाइएको छ भने दोस्रो मात्रापनि कोभिसिल्डनै लगाउनुपर्छ । ’ विज्ञहरुका अनुसार खोप प्रकृति नमिल्दा प्रति असर नदेखिने भएकाले पहिलो र दोस्रो मात्रा एउटै खोप लगाउनुपर्ने हुन्छ । सरकारले अब दुध चुसाउँदै गरेको आमालाई पनि खोप उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्