Logo
|
Friday 26th April 2024
Logo

epaper

चिकित्सकको परामर्श शुल्क मन्त्रालयले तोकेअनुसार हुने गरी बिस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन कार्यविधि ‘२०७७’ जारी




जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क मन्त्रालयले नै तोकेअनुसार हुने गरी बिस्तारित अस्पताल सेवा कार्यक्रम संचालन कार्यविधि ‘२०७७’ जारी गरेको छ ।

सो कार्यविधिमा अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख छ । बिस्तार सेवा सञ्चालन गर्ने अस्पतालले सेवाको लिष्ट तयार गरि सेवाग्राहीले स्पष्ट बुझ्नेगरी प्राप्त सेवा, सुविधा उपयोग गरे वापत् बुझाउनुपर्ने शुल्क लगायत विषय देखिने स्थान राख्नुपर्ने कार्यविधिमा उल्लेख छ

स्वास्थ्य सेवामा नागरिकको समान पहुँच पुर्याउन जनस्वास्थ्य ऐन, २०७५ को दफा ३१ को उपदफा (१) र (२) र दफा ६४ अनुसार कार्यविधि जारी गरिएको हो ।

माघ २९ मा मन्त्रीस्तरीय निर्णय गरी सो कार्यविधि जारी गरिएको हो ।
पहिलो चरणमा संघीय सरकारी अस्पतालहरुमा यो कार्यविधि लागू हुनेछ । प्रदेश र स्थानीय तहले आफ्नो मातहतका अस्पतालहरुमा पनि यो कार्यक्रम लागू गर्न सक्ने छन् ।

विस्तारित-अस्पताल-सेवा-कार्यक्रम-संचालन-सम्वन्धी-कार्यविधि२०७७-2077-05-29

प्रतिक्रिया दिनुहोस्