Logo
|
Friday 19th April 2024
Logo

epaper

खोपजन्य फोहोरको विसर्जन कसरी गरिन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाममा सरकार लागिरहेको छ । अहिले देशभरका अस्पतालहरुबाट कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ । तर, खोपजन्य फोहोरको उचित विसर्जन कसरी गरीन्छ भन्ने प्रश्न उठिरहेको छ ।


स्वास्थ्य सेवा विभाग अन्तर्गत् परीवार कल्याण महाशाखाका अनुसार सर्वप्रथम प्रयोग गरेका सिरिञ्ज र निडिल मात्र सेफ्टी बक्समा राखिन्छ । तत्पश्चात् प्रयोग भइसकेको भ्याक्सिन भायल, प्रयोग भइसकेका व्यक्तिगत सुरक्षाका सामाग्रीहरु र अन्य फोहोर छुट्टाछुट्टै झोलामा छुट्टै संकलन गरी बाताबरणमैत्री तरीकाले बिसर्जन गरीन्छ । खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले खोपजन्य फोहोरको उचित विसर्जन गरीदैं आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थामा संकलन गरीएको सेफ्टी बक्सहरु जम्मा गरी सुरक्षित राख्ने र अभियान सम्पन्न भएपछि सुरक्षित तरीकाले कार्यविधि अनुसार व्यवस्थापन गरीन्छ । ’

प्रतिक्रिया दिनुहोस्