Logo
|
Wednesday 24th April 2024
Logo

epaper

औषधि पसल, प्रयोगशालाका कर्मचारी र सफाइकर्मीले पनि पहिलो चरणमा खोप लगाउन पाउने



जनस्वास्थ्य सरोकार, काठमाडौं । दर्ता भएका औषधि पसलमा कार्यरत कर्मचारीहरुले पहिलो चरणमा खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ, मन्त्रालयका महाशाखाका प्रमुख, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, प्रदेशमा खटिएका संयोजक, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, निर्देशक, स्वास्थ्य कार्यालय प्रमुख लगायतका विज्ञहरुको सहभागितामा आज बसेको बैठकले कोभिड १९ खोप कार्यान्वयनको प्रगति पुनरावलोकन र समिक्षा गर्दै सो निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ—जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधि पसल र प्रयोगशालामा कार्य गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीहरुलाई समेत यही चरणमा खोप उपलब्ध गराइने छ । यसैगरी महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई दोस्रो प्राथमिकताको (५५ वर्ष माथिक उमेर समुहलाई लगाइने खोप चरणमा) खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने, खोप खरीद तालिका तथा खोप अभियान सञ्चालनको तालिकको समाञ्जस्यता मिलाउने गरी व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्