Logo
|
Saturday 20th April 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्योपचारका लागि भारत जाँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाँदै जानेहुनुभएको हो ।

उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो । उहाँमा न्युरो—इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सकीय सल्लाह र सिफारिशमा उपचारका लागि दिल्ली जान लाग्नुभएको हो । दिल्लीमा उहाँको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उहाँसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्