Logo
|
Friday 3rd May 2024
Logo

epaper

सुर्खेतमा भित्रियो बर्डफ्लु, झण्डै चारसय कुखुरा र परेवा नष्ट



जनस्वास्थ्य सरोकार, काठमाडौं । सुर्खेतमा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।


पशुसेवा विभागको केन्द्रिय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताउनुभयो ।


बर्डफ्लु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाइएको थियो । बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको छ । चपाईका अनुसार बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्