Logo
|
Friday 26th April 2024
Logo

epaper

खरिद गरि ल्याइएको १० लाख मात्रा टेकुस्थित कोल्डरुममा भण्डारण गरियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतबाट खरिद गरि ल्याइएको १० लाख मात्रा टेकुस्थित कोल्डरुममा भण्डारण गरीएको छ । सो खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत् जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
खोप विज्ञहरुका अनुसार यो खोपलाई २–८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ । त्यो तापक्रम सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोपसरह दिन सकिन्छ । तसर्थ यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज मानिएको छ ।

फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन ।
स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने बताएको छ । नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । हालसम्म तीन लाख बढिले खोप लगाइसकेका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाईकर्मी, एम्बुलेन्स, शबबाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कुटनितिक नियोगका कर्मचारी, युनएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ ।


सरकारले कूल जनसंख्याको ७२ प्रतिशत नागरीकलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । नेपाल सरकारले सेरम इन्स्टिच्यूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सरकारले प्रति एक डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आएको हो ।

प्रतिक्रिया दिनुहोस्