Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्पतालनै फोहोरको डगुँर बन्दै, रोगको जोखिम बढ्दो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर रहेका केहि सरकारी तथा निजी अस्पतालहरुमा फोहोर व्यवस्थापन चुनौति बन्दै गएको छ । अस्पताल भन्दा वित्तिकै रोग निको पार्न जाने स्थानका रुपमा चिनिन्छ । तर, तीनै अस्पतालहरुमा फोहोर व्यवस्थापन प्रभावकारी बन्न नसकेको देखिएको छ ।
अहिलेपनि केहि अस्पतालहरुमा पुग्ने वित्तिकै अस्पताल अगाडीनै फोहोरको डगुंर देख्न सकिन्छ । तर, नियमनकारी निकायले प्रभावकारी अनुगमन नगर्दा र स्वयम् अस्पतालहरु जिम्मेवार नबन्दा फोहोरको समुचित व्यवस्थापन हुन नसकेको देखिएको छ ।
केहि सरकारी अस्पतालहरुले फोहोरको वर्गिकरण नगरेको, ओपीडी अगाडिनै फोहर संकलन गरेको, लामो समयसम्म संक्रमित फोहोर एकै ठाउँ भण्डारण गरिएको पाइएको छ ।
केहि समयअघि विघठीत संसदको शिक्षा तथा स्वास्थ्य समितिलले अस्पतालजन्य फोहरमैला निष्कासन, विसर्जनको नियमित व्यवस्था गर्न लगाई आवधिक प्रतिवेदन तयार पार्न सरकारलाई सुझाव दिएको थियो ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार स्वास्थ्य संस्था भन्नाले अस्पताल क्लिनिक, फार्मेसी, औषधि पसल, व्लड बैकं, प्याथोलोजिकल प्रयोगशालाल, अरु स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहोरमैला पर्छन् । हानीकारक फोहोरको उचित व्यवस्थापन नभएमा यसले मानव स्वास्थ्य एवम् वातावरणमा असर पार्छ ।

प्रतिक्रिया दिनुहोस्