Logo
|
Friday 26th April 2024
Logo

epaper

१२५ जना कोरोना संक्रमित थपिए,९० जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।

सोमबार थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६पुगेको छ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

हाल देशभर १ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ३ हजार ६ सय ८१ पीसीआर परीक्षण भएको छ।

हाल ४३ जना संक्रमितको आईसीयुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्