Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बीमा दाबी प्रमाणीकरणमा कतिपयको संक्रमण पुष्टि विवरण भेटिएन

स्वास्थ्य मन्त्रालयद्धारा कोभिड परीक्षण गर्ने प्रयोगशालाहरुसँग एक साताभित्र सही विवरण माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोना बीमा दाबी प्रमाणीकरणका लागि बीमितको सही विवरण सात दिनभित्र पठाउन कोभिड—१९को परीक्षण अनुमति पाएका प्रयोगशालालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

कोरोना बीमा दाबी प्रमाणीकरण क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको समेत देखिएको छ । कोरोना परीक्षणको मिति नमिलेको पाइएकाले सात दिनभित्र सही विवरण पठाउन स्वास्थ्य मन्त्रालयले प्रयोगशालालाई निर्देशन दिएको हो ।


कोरोना बीमा दावी रकमको प्रमाणीकरण गर्न गठित समिति र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सम्मिलित टोलीले हालसम्म १५ हजार बढी विवरण प्रमाणीकरण गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड—१९ को परीक्षण अनुमति पाएका प्रयोगशालाले नेसनल टेष्टिङ गाइलाइन अनुसार परीक्षण गरी तोकिएको ढाँचामा दैनिक रुपमा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडिसिडीमा विवरण नपठाएको पाइएको समेत जनाएको छ ।


कोरोना बीमा रकमका लागि प्रमाणीकरण गर्ने सम्बन्ध विवरण अपुग भएपछि स्वास्थ्य सचिवको सोमबार बसेको बैठकले सबै कोभिड प्रयोगशालालाई सात दिनभित्र परीक्षण गरी विवरण पठाउन छुट भएका विवरण एक्सेल सिट अनिवार्य पठाउन निर्देशन दिएको हो ।
प्रयोगशालाले नियमति रुपमा तोकिए अनुसार रिपोर्टिङ नगरेको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गर्ने र निमयानुसार कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्