Logo
|
Friday 26th April 2024
Logo

epaper

अबदेखि पहिलो कोभिड खोप लगाएको आठ हप्तापछि दोस्रो खोप लगाइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अबदेखि कोरोना भाइरस संक्रमणविरुद्ध पहिलोपटक खोप लगाएको आठ हप्तापछि लगाइने भएको छ ।

कोभिड १९ खो प्राविधिक सल्लाहकार सिफारिस समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन मन्त्रालयलाई प्रस्ताव गरेको थियो । यसअघि पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिने निर्णय गरेको थियो । उक्त निर्णय संशोधन गर्दा ८ हप्तापछि मात्र दोस्रो मात्रा दिने निर्णय गरिएको हो ।

हालसम्म देशभर चार लाख १५ हजार बढि नागरीकले पहिलो मात्रा खोप लगाएका छन् । गत माघ १४ गतेदेखि नेपालमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको हो ।
हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी,पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाइरहेका छन् ।
देशभर ७ हजार बढी खोप केन्द्रबाट अभियान सञ्चालन गर्ने अनुमान गरिएको छ । पहिलो चरणमा भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप प्रयोग गरिएको थियो ।
हाल २० लाख डोजमध्ये पहिलो चरणमा १० लाख डोज खोप आइतबार मात्र नेपाल आइपुगेको छ । सरकारले २३ फागुनदेखि खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्