Logo
|
Friday 26th April 2024
Logo

epaper

भान्सामा औषधिः इम्युनिटी पावर बढाउन सजिउन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो, शरीरको रोग प्रतिरोधी क्षमता अर्थात इम्युनिटी पनि बलियो हुनु जरूरी छ ।

इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी मानिन्छ । यसलाई नियमित खाँदा शरीरको इम्युनिटी बढ्छ । ​

अध्ययनहरूमा देखिएअनुसार, सजिउनमा सुन्तलाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीनगुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ ।

अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ । यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ ।

यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, पोटेसियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ ।

सजिउन पेटका लागि आयुर्वेदिक औषधि नै मानिन्छ । हैजा, पखाला, जन्डिस लगायतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पिउँदा आराम हुन्छ ।

सजिउनको पातको धूलो मुटुरोगीहरूका लागि लाभदायक हुन्छ र यसले क्यान्सर लाग्न पनि दिँदैन । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ ।

यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कुपोषण हुन पनि दिँदैन ।

प्रतिक्रिया दिनुहोस्