Logo
|
Thursday 25th April 2024
Logo

epaper

अत्याधिक टाउको दुख्छ ? कतै माइग्रेनको समस्या त छैन?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टाउको दुःखाई हामी सबैमा हुने एक सामान्य समस्या हो । तर यो समस्या सबै अवस्थामा सामान्य नै हो भनेर ढुक्क हुन मिल्दैन । कहिलेकाहिँ विशेष समस्याका कारण पनि टाउको दुःखेको हुनसक्छ । टाउको दुखाई तनाव, धपेडि वा माइग्रेनको कारणले हुने गर्दछ ।
टाउको किन दुख्छ ?
टाउको भित्रको रक्तनलि सामान्य रुपले खुम्चने र फुल्ने गर्दछ । तर केहि कारणले टाउको भित्रको रक्तनलि ज्यादै खुम्चने र चल्ने भएमा टाउको दुखेको महशुस हुन्छ । यदि अचानक टाउको दुखाई सुरु भई घण्टौ वा केहि दिनसम्म टाउको दुख्ने र त्यसपछि बिस्तारै आराम हुदै जाने समस्यालाई ‘माइग्रेन’ भनिन्छ । शरिरमा हुने हर्मोनको गढबडि, परिवार नियोजनको चक्की, सुई वा हर्मोनको औषधीको प्रयोग गरेका व्यक्तिमा यो समस्या हुने सम्भावना धेरै हुन्छ ।
माइग्रेनका लक्षण
टाउको दुःखाई अचानक सुरु भइ केहि समयमा निको भएको महशुस हुन्छ । तर केहि समयपछि पुन ज्यादै पिडादायिक दुखाई सुरु हुन्छ । कसैलाई सामान्य औषधिले दुखाई कम हुन्छ भने कसैलाई केहि उपायले पनि ठिक हुँदैन । दुखाई बढ्दै जान्छ । टाउको दुखाइ हप्तामा दुई तिन पटक वा दैनिक जसो दुख्ने गर्दछ । टाउको दुखाईको समयमा कसैलाई टाउको भारि हुने, आखाँको गेडा दुख्ने, आखाँ तिरमिर भएर हेर्न गाह्रो हुने, वाकवाकि लाग्ने तथा वान्ता हुने गर्दछ । वान्ता भएपछि टाउको दुःखाई विस्तारै कम हुँदै जान्छ ।

माइग्रेन भएका व्यक्तिले कस्ता खानेकुरा खानुहुँदैन ?

अस्वस्थ्यकर खानपानले माइग्रेनलाई बढवा दिन्छ । टिनका भाँडामा राखिएका तयारी खानेकुरा, लामो समयसम्म फ्रिजमा राखिएका बाँसी खानेकुरा सेवन गर्दा पनि माइग्रेन समस्या बढ्न सक्छ । त्यसैगरी अल्कोहलयुक्त पेयपर्दाथ, फिज आउने पेय पर्दाथ जस्तै कोक, फ्यान्टा साथै आइसक्रिम, दहि, चकलेट, चिज र पनिर जस्ता दुधजन्य वस्तुको सेवाले दुखाउन सक्छ । त्यसकारण माइग्रेनको समस्या भएका व्यक्तिले यस्ता खानेकुरा सेवन गर्नु हुँदैन ।

माइग्रेनको समस्या कसलाई हुन्छ ?
पुरुषमा भन्दा महिलामा हर्मोनको अवस्था असन्तुलित हुने गर्दछ । महिलामा उमेर अनुसार प्रत्येक महिना हर्मोनका अवस्था परिर्वतन भइरहन्छ । जसका कारण माइग्रेनको समस्या प्रायजसो महिलालाई हुनेगर्दछ । आखाँमा बढि असर पर्ने काम ज्यादा गर्नाले माईगे्रनको टाउको दुखाई बढ्न सक्छ । अधिकतम धुम्रपान र मदिरापान गर्ने पुरुषलाई माईग्रेन हुने सम्भावना धेरै हुन्छ ।
उपचार
सहि तरिकाले माइग्रेनको उपचार गरेमा माइग्रेन र्निमुल हुनसक्छ । यति समयमा यो निको हुन्छ भनेर यकिन गर्न नसके पनि चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरेमा ढिलो चाडो निको हुन्छ । यदि महिनामा एक दुई पटक मात्र हल्का टाउको दुख्छ भने उसलाई आवश्यक परेमा मात्र औषधिको सेवन गरे पुग्छ । यदि हप्तामा दुई चार पटक वा हरेक दिन टाउको दुख्छ भने नियमित औषधि खानुपर्छ । दुःखाई कम भयो भनेर बिचमा औषधि सेवन गर्न बन्द गरेमा पुनः बल्झिन सक्छ । त्यस्ता व्यक्तिलाई झन् कडा र उच्च डोजको औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । नियमित औषधि सेवनका साथै आखाँमा बढि असर पर्ने काम नगर्ने अधिकतम धुम्रपान र मदिरापान नगर्ने घाममा लामो समय नबस्ने गरेमा माइग्रेनबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्