Logo
|
Wednesday 24th April 2024
Logo

epaper

इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

राजदूत अन्न गोडरबाट सोमवार अस्पतालका निर्देशक डा. रवि शाक्यलाई १–१ थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरिएको छ ।

सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्रस्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताउनुभयो ।

एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ ।

इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्