Logo
|
Friday 29th March 2024
Logo

epaper

मंगलबार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ११४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज दुई हजार सात सय ९० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २२ लाख २१ हजार पाँच सय १२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार चार सय २४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ४.०९ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

प्रतिक्रिया दिनुहोस्