Logo
|
Friday 26th April 2024
Logo

epaper

कांग्रेस नेता नबिन्द्रराज जोशीको स्वास्थ्यबारे हस्पिटलले निकाल्यो विज्ञप्ति

‘अवस्था गम्भीर तर बाहिर आएको हल्ला जस्तो होइन’—डा. झा



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

नविन्द्र राज जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिनुभएको छ । डा. झाले भन्नुभयो—‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’ जोशीको ब्रेनमा समस्या छ, प्रेसर लो छ, फोक्सो र मुटुको चाल अहिले सम्म स्थिर भएको जोशीका सहयोगी (पिए) पुष्करले जानकारी गराउनुभएको छ ।


मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत हुनुहुन्छ । ‘केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।’ बुधबार बिहान ७ बजे जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।’

उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताउनुभएको छ । अस्पताल पु¥याउँदा उहाँको टाउकोमा पानी जमेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्