Logo
|
Thursday 28th March 2024
Logo

epaper

बेलायत जाने चिकित्सकका लागि प्ल्याब तयारी कक्षा नेपालमै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अब देखि नेपालमै प्ल्याब परीक्षा तयारी कक्षा सुरु भएको छ । बेलायतमा अध्ययन गरी चिकित्सा पेश गर्न चाहने चिकित्सकहरुले बेलायतमै गई प्ल्याब तयारी कक्षा लिनुपर्ने बाध्यता थियो । पछिल्लो समय न्यून परिश्रमिक, सुरक्षा प्रत्याभुतीको अभाब र एमडी एम.एस तालीममा प्रवेश गर्नको कठीनाईका कारण नेपालका डाक्टरहरुमा छाएको निराशाका विच बेलायत नेपाली डाक्टरहरु विच एउटा लोकप्रिय गन्तव्य बन्दै गएको छ ।


यसलाई मध्यनजर गर्दै एनक्लेक्स नेपालले नेपालमै पहिलो पटक बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने प्लयाब परिक्षाको तयारी कक्षा सुरु गरेको हो । एनक्लेक्स नेपालका प्रमुख सजना केसीले नेपालमै प्ल्याब कक्षा सुरु हुदा बेलायतमै गएर उक्त कक्षा लिनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

हामीले दोस्रो चरणमा कक्षा सम्पन्न गरीसकेका छौं, केसीले भन्नुभयो-‘अब बेलायतमा गएर शुरुवाती अवस्थाबाट प्ल्याब कक्षा लिइरहनुपर्ने जरुरी छैन,जुन सेवा नेपालमै उपलब्ध भइसकेको छ ।’

केहि वर्ष अघि सम्म बेलायत जान चाहने डाक्टरहरुको प्रमुख चिन्ता एम.डी.एम.एस ट्रेनिङ्ग गर्न मौका नपाइने पो हो कि भन्ने थियो । तर अक्टोबर २०१९ मा बेलायतले डाक्टरहरुलाई पेशागत खाँचोको सुचीमा समावेश गरे संगै विदेशी र बेलायतमै प्रशिक्षित डाक्टरहरु विच विशेषज्ञ तालिमको अवसर समान हुने शुनिस्चित भएको छ । यस कारण गएका २ वर्षमा विशेषज्ञ ट्रेनिङ्गमा प्रवेश पाउने विदेशी डाक्टरहरुसंगै नेपाली डाक्टरहरुको सङ्ख्यामा वृद्धि भएको छ ।


चिकित्सा शिक्षा आयोगले हालसालै गरेको सि.ई.ई परिक्षामा देश भरिका डाक्टरहरुका लागि एकहजार एकसयको हाराहारीमा एम.डी/एम.एस सिट उपलब्ध गराएको थियो । यो सिट सङ्ख्यामा पनि सरकारी डाक्टरहरुको आरक्षण सिट र धेरै नरुचाइने बेसिक साइन्स का सिटहरु घटाउनेहो भने करिब पाँचहजारको सङ्ख्यामा रहेका परिक्षार्थीको केवल १० प्रतिशत मात्र सिट उपलव्ध थिए । परिक्षाको प्राप्ताङ्कका आधारमा कुन विधामा विशेषज्ञत हासिल गर्ने भन्ने कुरा निर्भर हुने हँुदा धेरै डाक्टरहरु आफ्नो इच्टाइएको विषयमा अध्ययन गर्न नपाउने बाध्यता पनि नेपालमा विध्यमान छ ।


यसको तुलना बेलायत संग गर्दा यस बर्ष जेनेरल प्राक्टिस ट्रेनिङ्गका लागि मात्र चार हजार २५० सिट उपलब्ध गराएको थियो । साथै, प्रत्यक विधाको आवेदन तथा छनौट प्रकृया छुट्टाछुट्टै हुने भएकाले पनि वेलायत प्रति विदेशी डाक्टरहरुको आर्कषण बढ्दै गएको छ । बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण गर्नुपर्ने परिक्षा प्ल्याबका दुई भाग छन् । पहिलो भाग, जसलाई प्ल्याब वान भनिन्छ र यसमा चिकित्सकहरुको बस्तुगत ज्ञान लिखित परिक्षा मार्फत मापन गरिन्छ । नेपालमा यो परिक्षा दिन नमिले पनि भारत, वङ्लादेश, पाकिस्तान लगायत विश्वका २३ स्थानमा गएर सजिलै दिन सकिन्छ । त्यस्तै प्लायब परिक्षाको दोस्रो भागलाई प्ल्याब टु भनिन्छ र यस परिक्षामा डाक्टरहरुको प्रयोगत्मक सिप मुल्याङ्कन गरिन्छ । यो परिक्षा वेलायतमा मात्र हुन्छ र नेपाली डाक्टरहरु लाई यसको तयारी गर्न पनि वेलायतनै जानपर्ने बाध्यता अहिले सम्म विद्यमान थियो ।

आफ्नो अनुभव बताउँदै एनक्लेक्स नेपाल कि प्ल्याब बिभाग प्रमुख तथा जिएमसि रजिष्टरर्ड डाक्टर डा. कन्चन घिमिरे भन्नुहुन्छ – ‘प्ल्याब –२ तयारी गर्न बेलायत नै जानुपर्ने वाध्यता र त्यस संग जोडिएर आउने खर्च तथा कठिनाईले धेरै नेपाली डाक्टरहरुलाई हतोत्साही बनाउथ्यो । यसका साथै अरु देशबाट आएका डाक्टरहरुले बेलायत आउनु अगावै आफ्नै देशमा पुर्व तयारी गरेर आउने हँुदा तुलनात्मक रुपमा उनिहरुलाई यो परिक्षा सहज हुन्थ्यो र हामी कम तयारी भएको महशुस गर्दथ्यौँ ।’

यस बाध्यता र असुविधालाई चिर्न आफुले एनक्लेक्स नेपालसंग यो सहकार्य शुरु गरेको भन्दै डा. घिमिरेलेले यो तयारी कक्षाको शुरुवात संगै हाम्रा सहकर्मीहरु प्ल्याब –२ का लागि तयार भएर बेलायत जान सक्छन्,– यसले बेलायतको बसाई र खर्चमा कमी आउने र परिक्षामा नेपाली डाक्टरहरु अझ धेरै उत्रिर्ण हुने कुरामा हामीलाई कुनै शका छैन ।


लामो पुर्व तयारीका र अध्ययन पछि नेपाली डाक्टरहरु माझ प्ल्याब –२ का तयारी कक्षा ल्याउन सकेको मा एनक्लेक्स नेपाल कि प्रवन्धक निर्देशक सजना केसी ले खुसी व्यक्त गरिन् । ‘प्ल्याब –२ परिक्षाको तयारी नेपालमै गर्न नपाएको गुनासो हामीले धेरै डाक्टरहरु बाट सुन्दै आएका थियौ । तर आवश्यक गृहकार्य जस्तो कि अनुभव प्राप्त प्रशिक्षक र प्राक्टिकल ट्रेनिङ्गका लागी चाहिने मेडिकल डम्मीहरुको प्रबन्ध नभईकन हामी हतारीने पक्षमा थिएनौँ । लामो अध्ययन र पूर्ण तयारीकासाथ हामीले प्याब कक्षा सञ्चालन गरी दुई वटा व्याचको कक्षा पनि सम्पन्न गरिसकेका छौँ ।

डिसेम्बर ५, २०२० मा काठमाडौको बालुवाटर स्थित रोयल एम्पायर बुटिक होटलमा आयोजना गरिएको प्ल्याब सूचना सेसन भव्य सफलता पछि काठमाडौ बाहिरका डाक्टरहरु लक्षित मेडिकोश इन्फरमेशन टुर २०२१ आयोजना गर्न लागिएको छ ।


यस टुरमा मोफसलका डाक्टरहरुलाई प्ल्याबका बारेमा र भविष्यमा वेलायतमा कसरी एम।डी÷एम।एस ट्रेनिङ्ग गर्न सकिन्छ भन्ने जानकारी दिइनेछ । उक्त सम्मेलन चैत्र ६ मा बुटवल ७ मा चितवन र ९ गते विराटनगर हँुदै चैत्र १४ गते काठमाण्डौमा आयोजना हुदैछ । यस्तै पोखरामा चैत २१ गते उक्त कार्यक्रम आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्