Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर थपिए ९४ जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा थप ५५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ। निको हुने प्रतिशत दर ९८।६ हो। यस्तै मन्त्रालयका अनुसार ९५४ जना कोरोनाका सक्रिय संक्रमित छन्। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ।

यस्तै अहिले ४९ जना क्वारेन्टाइन र ९५४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्