Logo
|
Friday 19th April 2024
Logo

epaper

पहिलो चरणमा कोरोना खोप लगाएकालाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिले दोस्रो डोज आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउन पाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले वैशाख ७ देखि ११ गतेसम्म गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप दिन लागिएको जनाएको छ ।

सरकारले पहिलो चरणको खोप अभियानमा भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाएको थियो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।

मन्त्रालयले दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जनाएको छ । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्