Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना खोप अभियान स्थगित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ । बाँकी रहेको एक लाख डोज खोप छुटेका र कम जनसंख्या भएका हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई दिइनेछ। अन्यत्रको नियमित अभियान भने हाललाई रोकिएको हो।

बुधबारसम्म नेपालमा १६ लाख ५० हजारजनाले खोप लिइसकेका छन् । बाँकी ५ लाख ५० हजार खोप पहिलो चरणमा माघ १४ देखि फागुन १० भित्र लिएकालाई दोस्रो डोज दिन राखिएको हो। कोभ्याक्सले दिने १९ लाख, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरी ल्याउने १० लाख, फेरि खरिद गरिने ५० लाख तथा चीनबाट आउने ८ लाख डोज खोपबाट अभियान जारी राख्ने सरकारले जनाएको थियो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्