Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोनाको तेस्रो लहर शुरू: फ्रान्समा फेरि लकडाउन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहर शुरू भएपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न १५ शहरमा फेरि लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार मध्यरातबाट घोषणा गरिएको लकडाउन एक महिनासम्म जारी रहने फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले जनाएका छन् ।

यद्यपि यो लकडाउनमा पहिलेको जस्तो कडा नहुने अधिकारीहरूले प्रष्ट पारेका छन् ।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन् । तर विद्यालय भने खुला हुने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले बताएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्