Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना रोकथामका लागि विश्व बैंकले दियो ८ अर्ब ७० करोड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व बैंकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ८ अर्ब ७० करोड रूपैयाँ आर्थिक सहयोग दिने भएको छ ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धका खोपको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास सङ्घ मार्फत् ८ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने विश्व बैंकले जनाएको हो ।

यस सहयोगबाट कम्तीमा एक तिहाइ जनसङ्ख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको पनि विश्व बैंकले जनाएको छ । विशेष गरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत नागरिकलाई खोप दिने सरकारको महत्वाकाङ्क्षी योजनालाई सघाउनका लागि साझेदारी गरिएको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले बताउनु भएको छ।

गएको वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर बराबरको कोभिड-१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

प्रतिक्रिया दिनुहोस्