Logo
|
Wednesday 15th January 2025
Logo

epaper

मुम्बईमा कोरोना परीक्षण अनिवार्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि मुम्बई शहरले व्यस्त क्षेत्रमा कोरोना परीक्षण गर्न अनिवार्य गरेको छ ।

स्थानीय सरकार मार्फत् सपिङ सेन्टर र ट्रेन स्टेसन जस्ता व्यस्त र भीडभाड हुने क्षेत्रमा कोरोना परीक्षणको द्रुत विधिमा मार्फत् गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना परीक्षण गर्न नमान्नेलाई कारवाही गरिनेछ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ४३ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

विगत चार महिनामा शनिबार भारतमा संक्रमण ४० हजार नाघेको हो । भारतमा कोरोना संक्रमणकै कारण १ लाख ६० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ । भारतकै कोरोना हटस्पटका रुपमा हेरिएको महाराष्ट्र राज्यमा रहेको मुम्बई शहरमा मात्रै पछिल्लो २४ घन्टामा झण्डै ३ हजार मानिस कोरोना संक्रमित भएका छन् । संक्रमण बढेकै कारण व्यस्त क्षेत्रमा परीक्षण अनिवार्य गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्