Logo
|
Wednesday 8th May 2024
Logo

epaper

एक वर्षदेखि विश्व महामारीले नेपाल फर्केका चीनमा अध्ययनरत बिद्यार्थीको भविष्य अन्योलमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल फर्किएका बिद्यार्थीहरु अहिले अन्योलमा परेका छन् ।


गत वर्षको फेब्रुअरीमा नेपाल आएका बिद्यार्थीका लागि चीनले भिषामा प्रतिबन्ध लगाएपछि आफ्नो इन्टर्नसिप पूरा गर्न पाएका छैनन् । उनीहरुले नेपालमै केही समय बाँकी रहेको इन्टर्नसिप पूरा गरिदिन विभिन्न निकायमा सहयोग माग्दा वास्ता नभएको गुनासो गरेका छन् ।


चीनमा अध्ययनरत एक बिद्यार्थी डा. बिनोद बरालका अनुसार, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायतका जिम्मेवार निकायहरुमा पटकपटक पत्र बुझाएको भएपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

उनीहरुले सोमबार नेपाल मेडिकल काउन्सिल अगाडि शान्तिपूर्ण रुपले माग पूरा गरिदिन धर्ना दिएका छन् । चीनको विश्वविद्यालयले अहिलेको परिस्थितिमा बिद्यार्थीहरुलाई बोलाउन नसकिने जानकारी दिएपछि उनीहरुले नेपालमै छोटो समयको बाँकी इन्टर्नसिप दिलाइदिन माग गरेका छन् । झन्डै एक वर्षदेखि रोकिएको बिद्यार्थीहरुको इन्टर्नसिप अझै एक वर्ष टुंगो नलाग्ने भएपछि र सबै निकायलाई यसबारे जानकारी भएतापनि मौन बसेकाले उनीहरु निराश भएका हुन् ।


कोरोना भाइरसको महामारीसँग देशमा स्वास्थ्य जनशक्तिको खाँचो हुँदा निशुल्क स्वास्थ्य सेवामा जुट्न तयार भएपनि विद्यार्थीहरुलाई अन्यौलमा राखिएको छ । कोरोनाको महामारीमा जहाँ अन्य मुलुकहरुले आफ्ना देशका मेडिकल विद्यार्थीहरुलाई सहजीकरण र जनशक्ति तयार हुने भएकाले नियमहरुमा लचकता ल्याएपनि नेपालमा भने बिद्यार्थीहरुलाई अझै २—३ वर्ष भएपनि कुनुर्छ भन्ने सोच राख्ने निकायहरुप्रति बिद्यार्थीहरुले अनन्तुष्टी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्