Logo
|
Friday 19th April 2024
Logo

epaper

रेडियसन थेरापी के हो ?



डा.उज्वल चालिसे, रेडियसन अन्कोलोजिस्ट


जनस्वास्थ्य सरोकार । शरीरको बाहिरी भागबाट रेडिएसन दिने पद्धति एक्टर्नल र शरीरभित्र उपकरण राखेर सम्बन्धित भागमा रेडिएसन दिइने प्रविधि बार्की थेरापी हो । क्यान्सर रोगमा विकिरणद्धारा सामान्य सेल जोगाएर क्यान्सर सेल मार्न रेडियोथेरापी दिने गरिन्छ । फोक्सोमा क्यान्सर ट्युमर भएमा एक्टर्नल रेडिएसन थेरापी दिइन्छ । यसले छाला, मासु, हड्डी, मुटु छेडेर फोक्सोको क्यान्सर सेल मार्छ ।

क्यान्सर भएको भागमा मात्र किरण पुर्याएर रेडिएसन थेरापी दिँदा अरु भागलाई सुरक्षित गर्न सकिने र आवश्यक भागमा सोचे जति डोज पुर्याउन सकिन्छ ।

यो एक्स्टर्नल जस्तो डिलिभर गर्न सजिलो छैन । यसको अपरेटिभ प्रोसेस फरक हुन्छ । सबै बिरामीलाई गर्न सकिदैँन । यस प्रकारको इन्टर्नल बार्की थेरापी पाठेघरको मुखको क्यान्सर, खानेनली, मुख आदिको क्यान्सरमा प्रभावकारी हुन्छ ।


रेडिएसन थेरापीले सेलको न्युक्लियस भित्र रहेको डिएनएलाई भाँचिदिन्छ । डिएनएको दुइ वटै कपी टुक्र्याउने किसिमले रेडिएसन थेरापीको इनर्जी प्रवाह गरिन्छ । डिएनएको एउटा कपी मात्र भाँचिएमा समस्या समाधान हुँदैन । अर्को कपीले फेरि क्यान्सर रिप्लेस गर्नसक्छ । क्यान्सर सेल नर्मल सेलभन्दा कमजोर हुन्छ । यस्ता सेल अनियन्त्रित रुपमा छोटो समयमा धेरै बढेका हुन्छन् । यस्ता सेल पूर्ण रुपमा विकास भएका हुँदैनन् ।

त्यसैले रेडियसन दिएर त्यस्ता सेललाई मारिन्छ । सामान्य सेललाई रिपियर गर्ने समय दिइन्छ । त्यसकारण रेडियसनको कोर्स एक देखि डेढ महिना लामो हुन्छ र पटक पटक गरेर क्यान्सर सेल मारिन्छ । सकेसम्म नर्मल सेलमा रेडियसनको डोज नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले आएका अत्याधुनिक लिनियाक रेडियोथेरापी मेसिनमा आवश्यक ठाउँमा मात्र रेडिएसनको डोज पुग्ने गरी सिस्टम बनाइएको हुन्छ । (डा. चालिसे भक्तपुर क्यान्सर हस्पिटल र ह्याम्समा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्