Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भारतमा सङ्क्रमण बढेपछि नाकामा कडाइ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोभिडको दोस्रो चरणको सङ्क्रमण बढ्दै गएपछि नेपाल-भारत नाकामा सावधानी अपनाउन थालिएको छ।

नेपालगन्ज नाकामा मङ्गलवारदेखि एन्टिजन परीक्षण सुरु गरिने भएको हाम्री संवाददाता विमला चौधरीले जनाएकी छन्।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार त्यसका लागि सबै तयारी पूरा भएको छ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपालीहरू त्यहाँ भाइरस सङ्क्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ।

हिजोआज दैनिक ७०० देखि १,००० नेपाली नेपालगन्ज हुँदै स्वदेश फर्किरहेका बताइएको छ।

वीरगन्जबाट माधुरी महतोले जनाएअनुसार पर्साका नाकाहरूबाट सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टि गर्दै यसको रोकथाम र नियन्त्रणका लागि बुधवार सर्वपक्षीय बैठक भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन्।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतमा निकायहरू र नाकाका स्वास्थ्य डेस्कलाई सचेत रहन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्