Logo
|
Thursday 18th April 2024
Logo

epaper

सङ्क्रमण बढेपछि दिल्लीका विमानस्थलमा कोभिड परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतको राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेसनहरूमा यात्रुलाई कोरोनाभाइरसको परीक्षण गरिने भएको छ।

लगातार कोरोनाभाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्लीले सो निर्णय गरेको हो।

गत साता मुम्बईले पनि व्यस्त स्थलहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो।

भारतमा हालैका सातामा सङ्क्रमण ह्वात्तै बढेको छ। आइतवारदेखि दैनिक ४०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएका छन्।

यो वर्षको सुरुका केही दिनहरूमा भारतमा दैनिक सङ्क्रमण १०,००० भन्दा तल झरेको थियो।

दिल्लीले सिनेमा हल, मेट्रो रेल र धार्मिक स्थानबाट सङ्क्रमण धेरै फैलिन सक्ने बताउँदै त्यहाँ मानिसहरूलाई मास्क र दूरी अनिवार्य गर्ने बताएको छ।

भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई एप्रिल ३० सम्म थपेको छ।

प्रतिक्रिया दिनुहोस्