Logo
|
Thursday 25th April 2024
Logo

epaper

नर्भिकमा निःसन्तान उपचार सेवाः दुइ महिनाभित्रै टेस्ट ट्युब बेबी सेन्टर सञ्चालनमा आउने



जनस्वास्थ्य सरकोकार, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बाँझोपनाको अत्याधुनिक प्रविधिबाट उपचार गर्ने भएको छ ।
अस्पतालले विभिन्न कारणले सन्तान नभएका दम्पतीहरुलाई आधुनिक प्रविधि भित्र्याएर छिट्टै बाँझोपनको उपचार गर्न विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो ।
अबको दुइ महिनाभित्रमा छुुट्टै आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जानकारी दिनुभयो ।
वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्यूब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले उपचार सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।


विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको डा. शर्माले बताउनुभयो ।


यस सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याव समेत संचालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा संचालनमा आउन सकेको छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण हुने चिकित्सकको भनाई छ ।


परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ।


बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्