Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर थपिए १ सय ४५ जना कोरोना संक्रमित, ९० जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ४० जना आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

बुधबार ९० जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना मुक्तहुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको मन्त्रालयले जनाएको छ।

वितेको २४ घण्टामा एक संक्रमितको मत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्