Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

थप १२० जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस थप १२० जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा ८५ जनाले कोरोनामुक्त भएका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या आजसम्म ३ हजार २० पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै ५५ जना क्वारेन्टाइन र १२ सय १७ जना आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्