Logo
|
Friday 26th April 2024
Logo

epaper

सीमा नाकामा गरिएको परीक्षणमा २४ जनालाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका २४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका सीमावर्ति दुई नाका हुँदै घर फर्केका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसिडी)का निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार बिहीबारसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. पौडेलले भन्नुभयो—स्वदेश फर्कने क्रममा कञ्चनपुर जिल्लाको गड्डाचौकी, कैलाली जिल्लाको गौरिफन्टा नाकामा परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षण गर्दा चौबिस जनामा कोरोना पोजेटिभ देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्