Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरोना जोखिम न्युनिकरणका लागि सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाब (बिज्ञप्तिसहित)




जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ ।

मित्र राष्ट्र भारत तथा अन्य बेलायत, जर्मनी फ्रान्सलगायतका युरोपेली मुलुकमा कोभिड १९ को संक्रमण दर बृद्धि भएसँगै नेपालमा पनि यसको प्रभाव पर्नसक्ने भन्दै मन्त्रालयले सिसिएमसीलार्य ८ बुँदै सुझाव दिएको हो ।

मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्