Logo
|
Thursday 25th April 2024
Logo

epaper

शिक्षण संस्थाहरुलाई शिक्षा मन्त्रालयको निर्देशनः ‘जनस्वास्थ्य मापदण्ड पालना गर्नु’ (बिज्ञप्तिसहित)




जनस्वास्थ्य सरोकार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेकोे बैठकले सो निर्देशन दिएको हो । साथै कोभिड–१९ को संक्रमणबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापहरु सञ्चालनमा ध्यानाकर्षण गराएको छ । प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।


मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्