Logo
|
Saturday 27th April 2024
Logo

epaper

सीमामा पुष्टि भएका कोरोना संक्रमितको जिन सिक्वेन्सिङ गरिने



जनस्वास्थ्य सरोकार काठमाडौं । भारतबाट सुदूरपश्चिमका नाकाहुँदै स्वदेश फर्केका २४ जना नेपालीमा देखिएको कोरोना भाइरसको भेरियन्टबारे थप अध्ययनकालागि जिन सिक्वेन्सिङ भएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसिडी)का निर्देशक डा. कृष्णप्रसाद पौडेलले संक्रमितमा रहेको कोरोनाको भेरियन्टबारे परीक्षण गरिने बताउनु भयो । उहाँले भन्नुभयो,‘संक्रमितको नमुना संकलन गर्छौं । नमुनाको ¥यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं । भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन ) भएको भाइरस हो /होइन परीक्षणबाट पत्ता लाग्छ । ’


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ । आवश्यक परे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रयोगशालामा पनि पठाइने डा. पौडेलले बताउनु भयो ।
कञ्चनपुरको गड्डाचौकी, गौरिफन्टा र बाँकेको जमुनाह नाकाबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन् । उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन् ।
संक्रमणको उच्च जोखिम भएका भारतीय क्षेत्रबाट रोजगारी गरेर फर्किएका व्यक्तिको सीमा नाकामा एन्टिजेन परीक्षण गरिएको डा. पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्