Logo
|
Thursday 18th April 2024
Logo

epaper

कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, मुम्बई । भारतको मुम्बईमा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको मुम्बई मिररले जनाएको छ । मृत्यु हुनेहरु कोभिड–१९ बिरामी हुन् वा होइनन् भन्ने खुलेको छैन ।

ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो । अस्पतालमा रहेका बिरामीको उद्धार गरी अर्को अस्पतालमा सारिएको मुम्बई प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुलाई अक्सिजन सपोर्टमा राखिएको पनि जनाइएको छ ।

मुम्बई महानगरका मेयर किशोरी पेड्नेकरले अस्पतालमा रहेका ७० जना बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारिएको बताइन् । आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि उनले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्षबाट मात्रै उक्त अस्पताल सञ्चालनमा आएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्