Logo
|
Friday 26th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २४ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९९ रहेको छ । क्वारेनटिनमा ५२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्