Logo
|
Friday 19th April 2024
Logo

epaper

पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मस्तिष्कघात भएर काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको शुक्रबार ८.२४ बजे निधन भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार, शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । तर मस्तिष्क मृत्यु कहिले भएको थियो भन्ने कुरा उल्लेख गरिएको छैन । जोशीको उपचारमा संलग्न चिकित्सक वरिष्ठ न्युरो सर्जन प्रा.डा. राजीव झाका अनुसार, उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा जोशीको निधन भएको हो ।


गत फागुन १४ गते मस्तिष्कघात भएका जोशीको वीर अस्पतालबाट नर्भिक रेफर गरी उपचार प्रयास भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्